असोज २३, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
छैटौँ विश्व संस्कृत दिवस आज मनाइँदै
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको छैटौँ संस्करण आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन सुरु गरिएको हो ।...
आज जनैपूर्णिमा र गाईजात्रा
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर...
अव नमुना बोलपत्रको कागजात नेपाली भाषामा
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाण्डौ । सरकारले अब सार्वजनिक खरिदका नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने उल्लेख गरेको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । खरिद विषय आफैँमा जटिल र...
मौसममा सुधार, बिस्तारै तापक्रम बढ्दै जाने
नेपाल फ्ल्यास
भदौ ११, २०८०
काठमाडौं । आज देशभरको मौसममा सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । काठमाण्डौमा हिजो पनि घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको मौसम...
बाढीबाट कागबेनीमा एक अर्ब रुपैयाँ बराबरको क्षति
नेपाल फ्ल्यास
भदौ १०, २०८०
मुस्ताङ । गएको साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नगरे पनि एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार पारेको तथ्याङ्कलाई आधार मान्ने हो भने बाढीले कागबेनीमा झन्डै एक अर्ब...
ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाण्डौ प्रधानमन्त्री निवास बालुवाटार वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...
आजको मौसम: बाग्मती, गण्डकी, कोशी र मधेस,प्रदेशका केही क्षेत्रमा बर्षा
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाण्डौ । अहिले बाग्मती, गण्डकी, कोशी र मधेस,प्रदेशका केही क्षेत्रमा बर्षा भइरहेको छ । पछिल्लो तीन घण्टादेखि यी क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा बदली भइरहेको मौसम पूर्वानुमान...
कालीमाटीले तोक्यो भारतीय प्याजको मुल्य
नेपाल फ्ल्यास
भदौ ०७, २०८०
काठमाण्डौ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको छ । आज कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो ।...
महाकाली नदीमा पानीको बहाव उच्च
नेपाल फ्ल्यास
भदौ ०७, २०८०
काठमाण्डौ डडेल्धुरामा महाकाली नदीले सुरक्षा सतर्कताको हद पार गरेको छ । पारिगाउँ मापन केन्द्र डडेल्धुराको जल सतहले सतर्कता तह पार गरेको र पानीको बहाव पनि उच्च क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी गराएको छ । महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म...
खुल्यो बेनी–जोमसोम सडक
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका३ को जलथलेदेखि दुवारी खण्डको सडक आज पाँच दिनपछि सञ्चालनमा आएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्तालगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिरोका कारण ७६...
श्रावणी मेला आज समापन हुँदै
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
काठमाण्डौ भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज चारै ढोका खुला गरिएको छ । शिला छोएर पूजा गर्न भक्तजनलाई अनुमती प्रदान गरिएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर...
धादिङ बस दुर्घटना: ८ जनाको ज्यान गयो, १६ जना घाइते
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
काठमाण्डौ काठमाण्डौबाट पोखरा तलर्फ जादै गरेकोे बस त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनास्थलबाट उद्धार गरिएका २४ जनामध्ये आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब...
भरतपुर र माडी जोड्नका लागि चितवनको राप्ती नदीमा नयाँ पुल बन्ने
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
काठमाण्डौ चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल बनाइने भएको छ । भरतपुरमाडीठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका२३ मा ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण हुने भएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण...
त्रिशूलीमा बस खस्यो: ६ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ०६, २०८०
काठमाण्डौ । काठमाण्डौबाट पोखरा हुँदै जोमसोमका लागि छुटेको प्रदेश ३०१००५ ख ९९५२ नम्बरको बस बिहान ११:३० बजेतिर गजुरी र मलेखुको बीचमा पर्ने छहरा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको हो । घटनामा घाइते १० जनाको गजुरी अस्पतालमा...
ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
आज र भोलि निरन्तर पानी पर्ने: मौसमविद्
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसम बिज्ञान बिभागले जनाएको छ । बिभागका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव...
प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीको भनाइ छ ।...
पैसाको अभावमा उपचारविना फर्किनुनपर्ने जानकी आँखा अस्पताल
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
धनुषा । मधेस प्रदेशमा मात्र नभइ जानकी आँखा अस्पतालले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकलाई समेत सेवा दिदै आएको छ । वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको अथक मिहिनेतले नै यो सम्झिनलायक आँखा अस्पताल बनेको छ । विगत ४१ वर्षदेखि उनि अस्पताल...
प्याजमा कालोबजारी
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारयि निर्णय लगत्तै नेपाली बजारमा त्यसको असर देखिन थालेको छ । यसअघि नै आयात भइसकेको प्याजको मूल्य समेत ब्यापारीले बढाएका छन् । शनिवार भारतले निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो...
बाढीले पुरिएको डेढ करोड रुपैयाँ भन्दा बढि रकम मुस्ताङमा फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
बागलुङ । बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम मुस्ताङको कागबेनीमा फेला परेको छ । आज आइतवार स्थानीय वासिन्दा , सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा सो रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको...
«
1
2
3
4
5
6
7
8
9
...
371
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय