बैशाख २२, २०८१, शनिबार
               

कालीमाटीले तोक्यो भारतीय प्याजको मुल्य
आजदेखि प्याजको आयात पनि शुरु

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको छ ।

आज कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज नभित्रिएको भन्दै दुई दिन मूल्य तय हुन सकेको थिएन । 

प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारतले निर्णय गर्नुभन्दा अगाडि गएको आइतवार कालीमाटीमा प्याजको अधिकतम मूल्य प्रतिकिलो ६२ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो  । सोमवार भने प्याजको मूल्य २० रुपैयाँसम्म बढेको थियो । अस्ति मङ्गलवार र हिजो बुधवार मूल्य तोकिएको थिएन ।

यसैबीच, आजदेखि कालीमाटीमा प्याजको आयात पनि शुरु भएको समितिका कर्यकारी निर्देशक डालप्रसाद पुडासैनीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि