बैशाख १५, २०८१, शनिबार
               

हत्यामा संलग्न युवक पर्शा प्रहरीको नियन्त्रणमा

नेपाल फ्ल्यास
असोज २१, २०८०

ADVERTISEMENT

पर्शा । पर्साको वीरगंज वडा नम्बर १ छपकैया असोज १९ गते आफ्ने घरमा मृत भेटिएका ४० बर्षिय पुनम देबीको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । छपकैयाका पुनम सराफको हत्यामा संलग्नमा छिमेकी ईमरान मियालाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले हत्या आरोपीत मिया लागूऔषध प्रयोग गर्नेको लागि चोरी गर्ने उदेश्यले सराफको घर भित्र पसेको र उक्त समयमा मृतक सफार र मियावीच जम्का भेट हुदा मियाले फालमको रडले टाउकोमा पटक पटक प्रहार गरि हत्या गरेको बताए । उपरिक्षक साहका अनुसार सराफको घरको झ्यालको मदतले घरको छतमा चढी छतमा रहेको १ फिट लामो फलामको छड् उठाई घर भित्र प्रबेश गर्दा आमने सामने जम्का भेट हुदा महिला डराएर चिच्याउदा मियाको हातमा रहेको फलामको छडले टाऊकामा प्रहार गरि कोठाको बति बालेर हेर्दा महिलाको आखा खुलेको देखिपछि पटकपटक टाऊकोमा प्रहार गरि हत्या गरेको प्रहरी प्राम्भिक अनुसन्धानले खुलेको साहले जानकारी दिए । 
 


कस्तो लाग्यो ?

यो पनि