चैत ०६, २०८०, मंगलबार
               

हामी

सूचना तथा विचारकै अर्को प्रयास हो नेपाल फ्ल्यास । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा समाचार सामग्री पस्कने छौं । हाम्रो उपस्थिति सामाजिक, राजनीतिक, आर्थिकलगायतका क्षेत्रको विचार र विश्लेषण पस्कनु हो ।

हामी सुशासनको मुद्दामा दर्बिलो रुपमा उभिने छौं । देश भ्रष्टाचार र अनियमितताको दलदलमा भासिएको अवस्थामा हाम्रो उपस्थिति त्यस्ता गलत प्रवृतिविरुद्ध हुनेछ ।

आमरुपमा हामी सबैका आवाज यसमा पस्कने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । भोक, रोग, गरिवी र अशिक्षाका साझा मुद्दामा सारथि बन्न हामी प्रयत्नशील हुने छौं । संस्कृति, सभ्यता र परम्पराको जगेर्नामा हाम्रो ध्यान जाने छ । राष्ट्रहित, सुशासन र पारदर्शितामा कसैसँग सम्झौता हुने छैन ।

नेपालको संविधान २०७२ ले जनतालाई राजकीयसत्ता र सार्वभौमसत्ता निहित गराएको छ । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा संविधानका मूलभूष विशेषता र आधारस्तम्भ हुन् । हामी संविधानका ती मूल्य-मान्यताप्रति अबिलचित रहने छौँ । संविधानको त्यही जगमा उभिएर हामी जनतालाई नै केन्द्र बनाएर अघि बढ्ने छौँ ।