बैशाख १५, २०८१, शनिबार
               

प्राज्ञिक विद्यार्थी परिषदले भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने

नेपाल फ्ल्यास
कात्तिक २०, २०८०

ADVERTISEMENT

 प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।

कार्तिक १७ गते राति ११ः४९ मिनेटमा जाजरकोटको लामि डाँका केन्द्र विन्दु बनाएर गएको ६.४ म्याग्निच्यूटको विनाशकारी भूकम्पबाट प्रभावित १५० घरपरिवारका विद्यार्थीहरूलाई राहत स्वरूप पीडित परिवारलाई थोरै भए पनि मलम लगाउने उद्देश्यले सहयोग गर्ने परिषद्ले जनाएको हो ।

गत महिनामा बझाङमा गएको भूकम्पबाट प्रभावित भएका ११० घरपरिवारलाई पनि ११० थान न्यानो कम्बल विद्यार्थी परिषद्ले वितरण गरेको थियो ।
विद्यार्थी परिषद्ले २०७२ सालमा गएको विनाशकारी महाभूकम्पमा पनि विभिन्न संघ सङ्गठनहरूसँग सहकार्य गरी अर्बौँ रकम बराबरको खाद्यान्न, कपडा, टेन्ट, त्रिपाल, मेडिकल सामग्रीहरू, ३ लाख भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेको थियो ।

त्यस बखत विद्यार्थी परिषद्ले भूकम्प गएलगतै सयौँ कार्यकर्ताहरूलाई उद्धार तथा राहत वितरण कार्यमा स्वयंसेवकको रूपमा ३ महिनासम्म परिचालन गरेको परिषद्ले जनाएको छ ।

अहिले पनि जाजरकोट र रुकुम पश्चिममा कर्णाली प्रदेशका कार्यकर्ताहरू सम्भव भएसम्म उद्धार र राहत कार्यमा परिचालन भइरहेको र छिटै तत्काल केही खाद्यान्न र अस्थायी बस्नका लागि आवश्यक सामग्रीहरू लिएर जाने तयारी भइरहेको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

साथै परिषद्ले भूकम्पबाट मुत्यु हुने सम्पूर्ण व्यक्तिहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्त परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्नुको साथै घाइते भएका मानिसहरूको स्वास्थ्य उपचार र घरवारविहीन भएका परिवारहरूलाई तत्काल अस्थायी आवासको बन्दोबस्त मिलाउन आग्रह पनि गरेको छ ।

यो पनि