बैशाख १५, २०८१, शनिबार
               

नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न

नेपाल फ्ल्यास
असोज १७, २०८०

ADVERTISEMENT

नेपालगन्ज अशान्त छ । अशान्त नेपालगन्जमा भएको के हो ? बुँदागत रूपमा बुझौँ । 

१. प्रहरीका अनुसार, बाँके जिल्लाकै नारायणपुर गाउँपालिकाबाट जार्बुद यादव नामको फेसबुक अकाउन्टबाट पैगम्बर मोहम्मदबारे जथाभाबी लेखिएको एउटा पोस्ट आयो । 

२. यो थाहा पाएपछि नेपालगन्ज उपमहानगर वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानको अगुवाइमा केही युवा मिलेर सडक बन्द गर्ने, टायर बाल्ने, हिन्दुहरूलाई गाली गर्ने काम मात्र गरेनन्, जिल्ला प्रशासन कार्यालयमा इस्लामको झन्डा गाडेर आए । 

३. त्यसपछि खजुराखुर्दबाट कलुवा नामक Tiktok अकाउन्टबाट हिन्दुहरूलाई तथानाम गाली गरेको भिडियो सार्वजनिक हुन्छ ।

४. ओमकार समूहले यो आरोपको खण्डन गर्दै जथाभाबी गाली गरी धार्मिक सद्भाव बिगार्न खोज्ने सराफत खान लगायतलाई कारबाही गर्न माग गर्छ। 

५. सराफत खान भने माफी माग्नबाट इन्कार गर्छन् । बरु उल्टै अज्ञात फेसबुक प्रयोगकर्तालाई कारबाहीको नाममा पुरै मुस्लिम समुदायलाई दिग्भ्रमित पारी प्रशासन कार्यालय घेराउ गर्न पुग्छन् । 

६. विवाद नबढोस् भन्ने सोचका साथ नेपालगन्जको मुस्लिम समाज र हिन्दु समाज बिचमा मध्यस्थताको रूपमा जिल्ला प्रशासन कार्यालयले भूमिका खेल्दछ ! सद्भाव र्‍याली निकाल्नलाई दबाब दिइन्छ ! सद्भाव र्‍याली निकालिन्छ, जसमा मुस्लिम युवाहरूले छतबाट सिसा तथा ढुङ्गा र इट्टा फाल्ने काम भएपछि झडप हुन पुग्छ ।

यो घटनामा के देखिन्छ भने,

क. पहिलो कुरा, नारायणपुर गाउँपालिका नेपालगन्ज भन्दा २८ किलोमिटर टाढा छ।

ख. दोस्रो, नारायणपुरमा सबैभन्दा बढी मुस्लिम ४६%, यादव १३% छन् भने अन्य ४ प्रतिशत भन्दा बढी छैन। अर्थात् यो मुस्लिम बाहुल्य गापा हो। उक्त गापामा २१ वटा स्कुल छन् भने २६ वटा मदरसा छन्। सोच्नुस् त संरचनागत शक्ति कोसँग छ? 

ग. तेस्रो, पैगम्बर मोहम्मदबारे जुन अकाउन्टबारे पोस्ट गरिएको थियो- त्यो न त पब्लिक अकाउन्ट हो, न त्यसको फलोअर थियो, न त अकाउन्ट चलाउनेको परिचय खुल्ने गरी कुनै फोटो नै छ। मतलब यो फेक अकाउन्ट हो। 

घ. चौथो, जुन खजुराखुर्दबाट Tiktok पोस्ट भयो, त्यो नेपालगन्जबाट ११ किलोमिटर टाढा छ। 

७. त्यो पोस्ट स्वयं मुस्लिम समुदायकै कसैले प्रोपगान्डा फैलाउने उद्देश्यले लेखेको हैन भन्ने के प्रमाण छ ? 

अर्को महत्त्वपूर्ण कुरा- 

जिल्ला प्रशासन कार्यालयमा इस्लामको झन्डा गाड्नु अपराध हैन ? प्रशासन के हेरेर बसेको थियो ? जिल्ला प्रशासन कार्यालय माथि झन्डा फरफराउँदै गरेको स्पष्ट देख्न सकिन्छ । मतलब प्रशासनले कसलाई काखा र कसलाई पाखा गर्दै छ । जिल्ला प्रशासन कार्यालय भनेको पुरै जिल्लाको शक्ति र सुरक्षा संयन्त्र हातमा लिएर बसेको कार्यालय हो ! 


कस्तो लाग्यो ?

यो पनि