बैशाख २२, २०८१, शनिबार
               

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
भदौ १०, २०८०

ADVERTISEMENT

काठमाण्डौ – प्रधानमन्त्री निवास बालुवाटार वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरूमाथि किर्तेको अभियोग भने छैन तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि