बैशाख २२, २०८१, शनिबार
               

मौसममा सुधार, बिस्तारै तापक्रम बढ्दै जाने

नेपाल फ्ल्यास
भदौ ११, २०८०

ADVERTISEMENT

काठमाडौं । आज देशभरको मौसममा सुधार भएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले घाम लागेको छ ।

 काठमाण्डौमा हिजो पनि घाम लागेको थियो ।

भदौ पहिलो हप्तादेखि परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको मौसम बिभागले जनाएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसम बिधागका अनुसार मौसममा सुधार आएसँगै अब बिस्तारै तापक्रम पनि बढ्दै जानेछ । 

तराईमा तापक्रम बढेपछि हावाहुरीको जोखिम पनि बढेको छ । 

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकरदुई ठाउँमा हावारहुरीको सम्भावना छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

अहिले कोशी प्रदेशमा मौसम सामान्य बदली छ । अरु ठाउँमा पनि आशिंकदेखि सामान्य बदली छ ।

दिउँसो काठमाण्डौ उपत्यकासहित केही ठाउँमा छिटफुट पानी पर्ने महाशाखाले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि