बैशाख २२, २०८१, शनिबार
               

पैसाको अभावमा उपचारविना फर्किनुनपर्ने जानकी आँखा अस्पताल
सीमावर्ती क्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकलाई समेत सेवा

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

धनुषा । मधेस प्रदेशमा मात्र नभइ जानकी आँखा अस्पतालले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकलाई समेत सेवा दिदै आएको छ ।   

वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको अथक मिहिनेतले नै यो सम्झिनलायक आँखा अस्पताल बनेको छ । विगत ४१ वर्षदेखि उनि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहेका छन् । 

नेपाल रेडक्रस सोसाइटी धनुषा र जानकी आँखा अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका समाजसेवी सिंहले भने, सन् १९८२ मा भिन्न परिवेशमा यो अस्पताल स्थापना भयो । अस्पतालले यो स्तरमा आफ्नो पहिचान बनाउने कुरा धेरैले कल्पना गरेका थिएनन् । तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरुप दिन उपचार केन्द्रका रुपमा सेवा सञ्चालन गरिएको थियो । 

जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा शुरु भएको अभियानले करिब २० वर्षमा संस्थागत उपचार सेवा—केन्द्रको स्वरुप ग्रहण गर्न लागेको हो ।  

विसं २०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट शुरुआत भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँगाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उनिहरुको बुझाइ छ ।  

अस्पतालका निर्देशक डा.आशिष बोहराले पनि वर्षमा एउटा शिविर सञ्चालन गर्नसमेत दाताबाट चन्दा सङ्कलन गर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि अस्पतालको स्थापना भएको र त्यसमा यहाँका थुप्रै अग्रज तथा सरोकारवालाको योगदान स्मरणीय रहेको बताए । उनले केही रकम तिर्नसक्ने बिरामीबाट न्यूनतम शुल्क लिएर बाँकी बिरामीकै लागि खर्च गर्ने सिद्धान्तअनुसार आज पर्यन्त सेवा प्रवाह भइरहेको जानकारी दिए ।  

तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वरप्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनालीलगायतको विशेष योगदानका कारण यो पवित्र कार्यले मूर्तरुप लिएको निर्देशक डा. बोहरा बताउछन् । 

अस्पताल प्रशासन शाखा प्रमुख दीपेन्द्रकुमार सिंहले दिएको जानकारीअनुसार शुरुमा जनकपुरको पूरानो बसपार्क नजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिएको दुई कट्ठा जमिन र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो । पछि जनकपुरधाम–८, रामानन्द चोक (अहिले अस्पताल रहेको ठाउँ) नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, नौ धुर र केन्द्रले खरिद गरेको चार कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालले सेवा विस्तार गरेको हो । सन् १९९१ मा स्वीस् रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रुपान्तरित भएकोमा हाल एक सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।  

आँखा शिविरबाट आँखा उपचार केन्द्रमा रुपान्तरण भई सेवा शुरु गरेको अस्पताल हाल एकसय शय्यामा सञ्चालित छ । 


कस्तो लाग्यो ?

यो पनि