बैशाख २२, २०८१, शनिबार
               

महाकाली नदीमा पानीको बहाव उच्च

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

काठमाण्डौ – डडेल्धुरामा महाकाली नदीले सुरक्षा सतर्कताको हद पार गरेको छ । पारिगाउँ मापन केन्द्र डडेल्धुराको  जल सतहले सतर्कता तह पार गरेको र पानीको बहाव पनि उच्च क्रममा रहेको बाढी सूचना केन्द्रले जानकारी गराएको छ । 

महाकाली नदी तटीय क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन केन्द्रले अनुरोध समेत गरेको छ । महाकालीमा पानीको सतह अहिले सात मिटरसम्म पुगेको छ । पारिगाउँ मापन केन्द्रमा पाँच दशमलव ८० मिटर पानी पुग्दा सतर्कता तह पार गरेको मानिन्छ ।

आज महाकाली, नारायणी र मर्स्याङ्दी नदीको जलसतह सतर्कता तहकै वरिपरि पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा अस्ति मङ्गलवारदेखि झरी परिरहेको छ । भोलि शुक्रवार पनि पानी पर्ने सम्भावना रहेको मौसम बिभागले जनाएको छ । 

बिभागका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मधेस प्रदेशमा राति र अन्य प्रदेशका एक—दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने बिभागले जनाएकोे छ । बिभागका अनुसार पर्सि शनिवारदेखि भने मौसम खुल्ने सम्भावना रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि