बैशाख २३, २०८१, आइतबार
               

धादिङ बस दुर्घटना: ८ जनाको ज्यान गयो, १६ जना घाइते

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

काठमाण्डौ – काठमाण्डौबाट पोखरा तलर्फ जादै गरेकोे बस त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उद्धार गरिएका २४ जनामध्ये आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जयसवालले जानकारी दिए ।  घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार गराइरहेको पनि उनले बताए । 

ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष रहेका छन् । गाडीमा कति यात्रु थिए भन्ने अहिलेसम्म खुलेको छैन । गाडीका चालक तथा सहचालकको अवस्था पनि थाहा नभएको डीएसपी जयसवालको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि