बैशाख २३, २०८१, आइतबार
               

श्रावणी मेला आज समापन हुँदै
डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

काठमाण्डौ – भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज चारै ढोका खुला गरिएको छ । शिला छोएर पूजा गर्न  भक्तजनलाई अनुमती प्रदान गरिएको छ ।  

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोका खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था मिलाएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए  । 

समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गएको साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ ।
 


कस्तो लाग्यो ?

यो पनि