बैशाख २२, २०८१, शनिबार
               

आज र भोलि निरन्तर पानी पर्ने: मौसमविद्

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

काठमाण्डौ । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसम बिज्ञान बिभागले जनाएको छ । बिभागका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ ।

मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि निरन्तर पानी पर्ने सम्भावना छ । बिभागका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक—दुई ठाउँमा ठूलो पानी पर्ने बिभागले जनाएको छ । बिभागका अनुसार आज राति पश्चिमी क्षेत्रमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक—दुई  ठाउँमा अति ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ। अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।  कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोको जोखिम समेत रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव दिएका छन् । यी प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।   
 


कस्तो लाग्यो ?

यो पनि