बैशाख २०, २०८१, बिहीबार
               

प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा
आज कर्णाली प्रदेशको स्थापना दिवस

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

काठमाण्डौ । आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीको भनाइ छ । 

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङकनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि यो निर्णय विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो ।

आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीले ज्यान गुमाएका थिए ।  उनीहरुको साहदतपछि तत्कालीन सरकारले साविकको कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्लालाई जोडेर कर्णाली प्रदेश घोषणा गरेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि