बैशाख २२, २०८१, शनिबार
               

बाढीले पुरिएको डेढ करोड रुपैयाँ भन्दा बढि रकम मुस्ताङमा फेला

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

बागलुङ । बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम मुस्ताङको कागबेनीमा फेला परेको छ । 

आज आइतवार स्थानीय वासिन्दा , सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा सो रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए । 

बाढीले प्रभु बैंकको भवन नै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको प्रहरी नायब उपरीक्षक पौडेलको भनाइ छ । एक हप्तापछि पनि आज फेला परेको रकम सुरक्षित नै रहेको छ । 

प्रहरी नायब उपरीक्षक पौडेलले भने, ‘आज गाउँले, सुरक्षाकर्मी र बैंकका कर्मचारीहरूले उत्खनन गर्ने क्रममा पैसा फेला परेको छ, भल्टसँगै पैसा फेला परेको हुँदा पैसा सुरक्षित नै देखियो, बैंकको भवन छुट्टाछुट्टै थिए, त्यसले गर्दा कुन बैंकको पैसा हो भन्ने पत्ता लगाउन सहज भयो ।’
 


कस्तो लाग्यो ?

यो पनि