मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१५७३ समाचारहरू
रासस
राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना
रासस
चैत २८, २०७६
लण्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाएर कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरूको संरक्षण हुने विश्वास पनि विश्वास व्यक्त गरेकी छन् । त्यसैगरी,...
रौतहट अस्पतालमा आइसोलेसन कक्ष माग
रासस
चैत २८, २०७६
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा आइसोलेसन कक्षको व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गरेकी छन् । सभापति खड्काले कोरोना भाइरसकोे सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर...
कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुखको पारिश्रमिक
रासस
चैत २७, २०७६
कपिलबस्तु। कोभिड १९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । यादवले कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने व्यवस्था मिलाउन...
तीन महिनापछि खुल्यो तातोपानी नाका
रासस
चैत २७, २०७६
सिन्धुपाल्चोक । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड -१९ को जोखिम हुन नदिन नाकामा हेल्थ डेस्क सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी...
कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना
रासस
चैत २७, २०७६
कास्की । कास्कीकाेक्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक...
कोरोनालाई जितेका नेपालीहरु के भन्छन् ?
रासस
चैत २७, २०७६
धादिङका रञ्जित गौली कोभिड१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ ९मार्च २८० देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन्। पाँच...
बलात्कारको आरोपमा एक पक्राउ
रासस
चैत २७, २०७६
कोहलपुर । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर ११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक...
कोरोनाबाट बेलायतमा पनि एक नेपालीको मृत्यु
रासस
चैत २७, २०७६
लण्डन । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोरखा सैनिकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ...
तारकेश्वरमा राहत
रासस
चैत २७, २०७६
तारकेश्वर । काठमाडौंको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण सुरु भएको छ । कोभिड १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरेको हो । हाल समस्यामा...
सेनाको रगतले सुत्केरीको ज्यान बच्यो
रासस
चैत २६, २०७६
बैतडी । नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा वसन्तराज जोशीले...
पनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड
रासस
चैत २६, २०७६
काठमाडौं। लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ । यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड...
घरभाडा नलिने जनप्रतिनिधिको घोषणा
रासस
चैत २६, २०७६
बाँके । चन्दननाथ नगरपालिका९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छ । वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका६ विजयनगरस्थित घर...
शबे बरात पर्ब घरमै मनाउन आग्रह
रासस
चैत २६, २०७६
चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गरेका छन् । मुस्लिम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथामका लागि सरकारले...
एयर अरेबियाको उडानबाट आएका तीन जनामा कोरोना देखिएन
रासस
चैत २६, २०७६
काठमाडौं। नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छे गाउँपालिका२ सार्दिखोलाका...
मापदण्डअनुसार राहत दिन र तस्विर नलिन नेकपा पाँचथरको निर्देशन
रासस
चैत २६, २०७६
पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्विर नलिन निर्देशन दिएको छ । नेकपा पाँचथरले मातहतका पार्टी कमिटी र नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई राहत वितरणलाई...
सहकारीद्वारा एक करोड ५० लाख सहयोग
रासस
चैत २६, २०७६
झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई...
चन्द्रमाको फरक रङ दुर्लभ घटना: 'राम्रो योग होइन'
रासस
चैत २६, २०७६
काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।...
राज्यमन्त्रीबाट बिरामीलाई घरमै अक्सिजन सिलिण्डर
रासस
चैत २५, २०७६
काठमाडौँ । अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश...
भरतपुर प्रयोगशालामा परीक्षण गरिएको २१ जनाकाे नमूना नेगेटिभ
रासस
चैत २५, २०७६
भरतपुर । भरतपुर कोभिड१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी...
विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह
रासस
चैत २५, २०७६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
60
...
79
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय