असोज ०६, २०८१, आइतबार
               

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

रासस
चैत २७, २०७६

ADVERTISEMENT

कास्की । कास्कीकाे क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरू कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरूमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरू कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालीम केन्द्रमा १६ रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो ।

अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरूमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन । चौध दिनपछि घर पठाइएकाहरूलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताए । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् ।
 
पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण  नेगेटिभ आएको छ  ।  दुई  पोजेटिभ आएको छ । एक सय २२  नतिजा आउन बाँकी  छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि