असोज ०६, २०८१, आइतबार
               

तारकेश्वरमा राहत

रासस
चैत २७, २०७६

ADVERTISEMENT

तारकेश्वर । काठमाडौंको तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण सुरु भएको छ ।  कोभिड – १९ बाट हुन सक्ने सम्भावित जोखिम ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि नगरपालिकाले दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण सुरु गरेको हो । 

हाल समस्यामा परेका विपन्न, गरीब र अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले बताए । बुधबारदेखि सुरु भएको राहत  नगरपालिकाका सात हजार ११ परिवारले पाउने छन् । नगरपालिकाभित्र डेरा गरिबसेका र ज्यालामजदूरी गर्नेलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको जनाइएको छ । 

नगरपालिकाले तीनभन्दा बढी व्यक्तिको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पोका नून, दुई लिटर खाने तेल,  एक केजी चिनी र दुई साबुन प्रदान गरेको छ । त्यस्तै तीनभन्दा कम सदस्य भएका परिवारलाई त्यसको आधा वितरण गरिएको  नगरपालिकाले जनाएको छ । 
नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै नाम संकलन गर्दा  चार सय एक जना पाइएको छ । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि