असोज ०६, २०८१, आइतबार
               

तीन महिनापछि खुल्यो तातोपानी नाका

रासस
चैत २७, २०७६

ADVERTISEMENT

सिन्धुपाल्चोक । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ ।

गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो ।

कोभिड -१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन  गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

बुधवार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । 

अत्यावश्यक सामग्री आयात गर्न  नाका खोलिएको उनले बताए  ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि