जेठ ०७, २०८१, सोमबार
               

बलात्कारको आरोपमा एक पक्राउ

रासस
चैत २७, २०७६

ADVERTISEMENT

कोहलपुर । बाँकेको कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 

उनका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही – ६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका  १९ वर्षीय अंकीत गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ ।

अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि