बैशाख १८, २०८१, मंगलबार
               

कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुखको पारिश्रमिक

रासस
चैत २७, २०७६

ADVERTISEMENT

कपिलबस्तु । कोभिड –१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।

यादवले  कोषमा आफ्नो एक महिनाको तलब जम्मा हुने व्यवस्था मिलाउन प्रदेश प्रमुखको कार्यालय सचिवालयलाई निर्देशन दिएको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्धारा बिहिवार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश प्रमुखले प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई अहिलेको प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ सामना गर्न तथा संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अवलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि सहयोग पुप्याउन आग्रह पनि गरेका छन ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि