बैशाख १५, २०८१, शनिबार
               

सशस्त्र प्रहरी बल सिराहाबाट ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद

नेपाल फ्ल्यास
असोज १६, २०८०

ADVERTISEMENT

सिराहा । सशस्त्र प्रहरी बल सिराहाले ८० लाख रुपैया बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिराहाले भन्सार छलि भित्राएको ८० लाख रुपैया बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाबाट खटिएको टोलिले बिशेष सुचनाको आधारमा सिरहा न.पा. १८ तारापट्टी ईलाकामा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ८० लाख मुल्य बराबरको ७८ पोका लत्ताकपडा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख एवम डिआईजी दिपेन्द्र शाहले जानकारी दिए । उक्त गणले नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहिका लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल बाहिनी प्रमुख शाहको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि