बैशाख २६, २०८१, बुधबार
               

जावलाखेलमा जुत्ताचप्पल मेला

नेपाल फ्ल्यास
असोज ११, २०८०

ADVERTISEMENT

काठमाडौं । ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ ।  नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना भएको हो । 

मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकको भनाइ छ ।  तीन लाख जनाभन्दा धेरैले मेलाको अवलोकन गर्ने  लक्ष्य राखिएको छ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहने मेलामा जानको लागि कुनै शुलक लाग्ने छैन । मेलामा नेपालमा स्थापित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरूका जुत्ता तथा चप्पल राखिएको छ ।  

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित हिजोदेखि शुरु भएको मेला कात्तिक ३ गतेसम्म चल्नेछ । 
 


कस्तो लाग्यो ?

यो पनि