बैशाख १५, २०८१, शनिबार
               

समग्रमा यो हप्ता सुनको भाउ ३ हजार ४ सय रुपैयाँले

नेपाल फ्ल्यास
असोज १२, २०८०

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार ओरालो लागिरहेको छ । 

आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो ।

हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।
हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ  थियो ।

चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि