जेठ ०४, २०८१, शुक्रबार
               

रौतहट अस्पतालमा आइसोलेसन कक्ष माग

रासस
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा आइसोलेसन कक्षको व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गरेकी छन् ।

सभापति खड्काले कोरोना भाइरसकोे  सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण गराएकी हुन् ।

रौतहटको जिल्ला अस्पतालमा हालसम्म आइसोलेसन वार्डको व्यवस्था नभएको जनाउँदै खड्काले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गरेकी हुन् । उक्त अस्पतालको क्षमता ५० श्ययाको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि