बैशाख १५, २०८१, शनिबार
               

बकुलहर अस्पतालमा डेङगी परीक्षण निःशुल्क

नेपाल फ्ल्यास
भदौ ०२, २०८०

ADVERTISEMENT

काठमाण्डौ – स्वास्थ्य मन्त्रालयको निर्देशनपछि चितवनको रत्ननगर स्थित बकुलहर अस्पतालमा अव ७६ शय्या निःशुल्क भएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको हो । 

उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएको छ ।  

अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा.ज्ञवालीले जानकारी दिए । 

प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो ।

साउन २२ गते स्वास्थ्यमन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क गर्ने निर्णय गरेका थिए ।  

मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरुका सामान्य शय्या निःशुल्क गरिएका छन्।

बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्यमन्त्री जोशीले जानकारी दिए ।  

उनका अनुसार गएको आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ जनाले सेवा लिएका छन् ।  


प्रदेशका प्रयोगशालाहरुमा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै उहाँले डेङगी परीक्षण पनि निःशुल्क गरिएको बताए । 
 


कस्तो लाग्यो ?

यो पनि