बैशाख २६, २०८१, बुधबार
               

संक्रमण बढेकोले सावधानी अपनाउन अनुरोध

नेपाल फ्ल्यास
पुस ०८, २०७९

ADVERTISEMENT

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै फरक स्वरूपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् । तर, भारत, चीन लगायत केही देशमा संक्रमणको ‘बिएफ ७’ भेरियन्ट फेला गरेपछि मन्त्रालयले सचेत गराएको हो । केही देशहरूमा सङ्क्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ । छिमेकी मुलुकहरूमा देखिएको यस भाइरस नेपालमा भने पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि