बैशाख १६, २०८१, आइतबार
               

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

रासस
चैत २८, २०७६

ADVERTISEMENT

लण्डन । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाएर कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरूको संरक्षण हुने विश्वास पनि विश्वास व्यक्त गरेकी छन् । 

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बेग्लै सन्देश पठाएर प्रधानमन्त्री जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी कोरोनाविरुद्धको लडाइँमा बेलायतको नेतृत्व गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् । 

गत बिहीबार बेलायत सरकारका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग टेलिफोन संवाद गरी नेपालमा रहेका बेलायती नागरिकको सुरक्षा तथा फिर्तीसम्बन्धी विषयमा कुरा गरेका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतमा रहेका नेपालीको सुरक्षा तथा विद्यार्थीको समस्याबारेमा अवगत गराएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा बिदामा रहेका भूतपूर्व गोर्खा र तिनका परिवारका विषयमा समेत कुरा उठाएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

यसैबीच, पर्वतको महाशिला गाउँपालिकास्थित भोक्सिङ देउराली घर भई हाल बेलायतको नटिटन शहरमा रहेका ५६ वर्षीय मेखबहादुर गुरुङको कोरोना भाइरसका बुधबार कारण मृत्यु भएको छ । उनी भूपु गोर्खा सैनिक थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि