बैशाख १५, २०८१, शनिबार
               

विदेशमा सिकेको सिप स्वदेशमा लगाउन उपप्रधानमन्त्री खड्काको आग्रह

नेपाल फ्ल्यास
असार १४, २०८०

ADVERTISEMENT

मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकार गैरआवासीय नेपालीहरूसँग सहकार्य गर्दै देशको समृद्धिको लागि अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् ।

खड्काले ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८ औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै  काम गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशका समस्या समाधानमा समेत गैरआवासीय नेपालीको मध्यपूर्व क्षेत्रीय सम्मेलन उपयोगी हुने आशा व्यक्त गरे ।उनले  सम्मेलनले निर्दिष्ट गरेका विषयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने बताए ।

उपप्रधानमन्त्री खड्काले  सरकारले एनआरएनका मुद्दाहरूलाई गम्भीरतापूर्वक लिँदै नीति तथा कार्यक्रम र बजेटमा पनि सम्बोधन गरिएको बताए ।

उनले संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन आएको भन्दै  छिट्टै नियमावली बनाउने जानकारी समेत गराए ।  सरकार र सिंगो संसद् एनआरएनएको पक्षमा रहेको समेत उपप्रधानमन्त्री खड्काले प्रस्ट पारेका थिए ।

विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा पनि सकारात्मक प्रगति भएको विचार व्यक्त गर्दै आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने जानकारी उनले दिए ।

उपप्रधानमन्त्री खड्काले  विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई देशको हितमा लगाउनसमेत गैर आवासीय नेपालीहरूलाई आग्रह गरे ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन समेत उनले आग्रह गरेका थिए ।

सम्मेलनमा मध्यपूर्वसहित युरोप, अमेरिका जापान लगायतका मुलुकका करिब पाँच सय जना प्रतिनिधिको सहभागिता रहेको छ । मस्कट घोषणापत्र जारी गर्दै सम्मेलन शुक्रवार सम्पन्न हुनेछ ।

यो पनि