बैशाख १५, २०८१, शनिबार
               

थाइल्यान्ड र म्यानमारका नेपालीभाषीले उपप्रधानमन्त्री खड्कासँग गरे गैरआवासीय परिचयको माग

नेपाल फ्ल्यास
भदौ ०४, २०८०

ADVERTISEMENT

काठमाडौं । थाइल्यान्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाई नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । 

रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रूपमा काम गरिरहेको बताए । साथै उनीहरूले आफूहरू नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे । भेटमा थाई नेपाल एसोसिएसनका प्रतिनिधिहरूले आफूहरूलाई नेपाल आवतजावत गर्न पाउने तथा गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरेका थिए । 

उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने बचन दिएका थिए । 

यो पनि