बैशाख १२, २०८१, बुधबार
               

राजदूत खतिवडा र गभर्नर चार्लीबीच भेटघाट

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

वासिङ्गटन । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडा र अमेरिकाको म्यासाचुसेटस राज्यका गभर्नर चार्ली वेकरबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ । 

भेटका अवसरमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी प्रवद्र्धन, शिक्षा र संस्कृतिको आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो । उक्त राज्य अमेरिकाको इतिहास, प्राज्ञिक र औद्योगिक विकासका लागि महत्वपूर्ण राज्य मानिन्छ । 

यसैबीच अमेरिकाको म्यासाचुसेटस राज्यले अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडालाई सम्मान गरेको छ । उक्त राज्यका दुवै सदनका तर्फबाट सिनेटका अध्यक्ष रोनाल्ड मारियानो र उपाध्यक्ष विलियम ए ब्राउनसवर्गरले शिष्टाचार भेटसमेत गरेका थिए ।

उनलाई प्रदान गरिएको प्रशंसा पत्र खतिवडाको सार्वजनिक सेवा तथा नेपाल र अमेरिकाबीचको पारस्परिक सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाका लागि प्रदान गरिएको जनाइएको छ । 

राजदूत खतिवडाले उक्त राज्यको क्याम्ब्रिज सहरका मेयर सुम्बुल सिद्दिकीसँग समेत भेट गरेका थिए । भेटका अवसरमा मेयर सिद्दिकीले उक्त सहरको साँचो दिएर राजदूत खतिवडालाई स्वागत गरेका थिए ।

भेटमा नेपालको काठमाडौं सहर र उक्त सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने, स्थानीय सहर सञ्चालनमा अनुभव आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो । 

यो पनि