असोज ०६, २०८१, आइतबार
               

घरभाडा नलिने जनप्रतिनिधिको घोषणा

रासस
चैत २६, २०७६

ADVERTISEMENT

बाँके । चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छ । 

वडाध्यक्ष डाँगीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ गणेश चोक रहेको घर र चन्दननाथ नगरपालिका–६ विजयनगरस्थित घर दुई वटा घरको चैत महिनाको घरभाडा नलिने जनाएका हुन् ।

उनी स्थानीय तहको निर्वाचन २०७४ मा चन्दननाथ नगरपालिका–९ मा वडाध्यक्षका रुपमा विजयी भएका थिए ।  

'सबै घरपरिवारको सल्लाहअनुसार भाडा छुट दिने निर्णय गरेका हौँ । कोरोना सङ्क्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउनमा छ । नेपाल आर्थिक सङ्कटमा गुज्रिरहेको छ', उनले भने, 'यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आह्वान गरेको छ । धेरैले भाडा नलिने घोषणा गरिरहेका छन् । त्यही सन्दर्भमा हाम्रो घरपरिवारले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेको हो ।'

नेपालगञ्ज र जुम्ला गरी दुई घरमा १० जनालाई १० कोठा भाडामा दिइएको छ उनललाई मासिक ३१ हजार ५०० घरभाडा आउने गरेको थियो । चैत महिनाको घरभाडासहित पानी बिजुली सबै छुट दिनेछौँ ।

त्यसैगरी यसअघि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले आफ्नो काठमाडौँमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका थिए ।

काठमाडौँको टोखा नगरपालिका–८ रमणबस्ती स्थायी घर भएका प्रहरी नायब उपरीक्षक धामीले चैत महिनाको घरभाडा नलिने घोषणा जुम्लाबाटै गरेका हुन । आफ्नो घरका छ कोठा भाडामा लगाएको उनले बताए ।

'प्रतिकोठा मासिक साढे तीन हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महिनाको भाडा लिन्नँ', उनले भने ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि