मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
प्रचण्डको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन्। मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्। माओवादीको स्थायी समितिको मंगलबारको बैठकले प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइञ्चार्जको जिम्मेवारी दिएपछि मल्ललाई नियुक्त गरिएको हो।
देउवा इतर समूहमा बिग्रह, रामचन्द्रले बोलाएको बैठकमा गएनन् प्रकाशमान
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
सत्तासीन नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा त्यस दलका नेताहरूको सम्बन्ध र समीकरणमा पनि फेरबदल हुन थालेको छ । अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेलको प्रस्तावक बनेका नेता प्रकाशमान सिंह उनीसँग टाढिएका छन् । आफैँ सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै आएका सिंह आज...
जंगली जनावरको डरले पाँचतारेमा सर्यो एमालेको १०औँ महाधिवेशनको बन्दसत्र
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
चितवन ।नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले...
गैँडासहितको एमाले महाधिवेशनको लोगो सार्वजनिक
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
नेकपा एमालेको दसौँ महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले गैँडाले पार्टीको झन्डा समाएको फोटो लोगो सार्वजनिक गरेका हुन् । एक सिङे गैँडा नेपालको विशिष्ट महत्त्वको वन्यजन्तु हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही...
वैद्य र विप्लवसँग कुराकानी भइरहेको छ : प्रचण्ड
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द विप्लव समुहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि...
न्यायालय विवादबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ, के गर्ने भन्नेमा अन्योल !
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा भइरहेको प्रदर्शनबारे कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलगायतसँग परामर्श गरेका छन् । परामर्श बैठकमा सहभागीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा भ्रष्टाचार बढाएको र सेटिङमा काम गरेको भन्दै उनलाई महाअभियोग लगाएर हटाउनु पर्ने र त्यसमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका थिए...
बारले आन्दोलनका थप कार्यक्रम ल्याउने
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आजै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो । त्यसमा बारलाई सफलता हात परेन । बारले आज कुनै...
प्रधानन्यायाधीश पक्षधर आधा दर्जन प्रदर्शनकारी पक्राउ
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
सर्वोच्च अदालत क्षेत्रमाप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विपक्षमा मात्र प्रदर्शन भएको छैन । केहीले उनको पक्षमा पनि आन्दोलन गरिरहेका छन् । न्यायिक प्रक्रिया अवरूद्ध गर्न नहुने भन्दै गरिएको प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा...
प्रधानन्यायाधीशले ८ इजलासमा तोके २२३ मुद्दाको पेसी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
कानुन व्यवसायीहरूकोसर्वोच्च अदालतको मूल गेटमा धर्ना छल्दै अदालत पुगेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आठ वटा इजलास गठन गरेका छन् । आफूलाई भने उनले इजलास तोकेका छैनन् । उनलेआठ वटा इजलासमा २२३ थान मुद्दाको सुनुवाइ तोकेका छन् । त्यसमध्ये सात...
विधान संशोधन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । पार्टी कामका सिलसिलामा केन्द्रीय...
प्रधानन्यायाधीश राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरे
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका...
प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं। प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाईबालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाईकानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ...
आन्दोलनकारी कानून व्यवसायीलाई सर्वोच्च प्रवेशमा निषेध
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो । तर, सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाएको छ...
बारले गर्यो प्रधानन्यायाधीश जबरालाई सर्वोच्चको गेटमै रोक्ने घोषणा : यस्तो छ कडा सुरक्षाको व्यवस्था
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि...
ओली आफैँ ठेगान लागिसके : माधव नेपाल
नेपाल फ्ल्यास
कात्तिक २६, २०७८
विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सेकेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् । उनले...
एकीकृत समाजवादीको स्थायी समिति बैठक शुक्रबार बस्ने
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ । स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव...
जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताएका छन् । उनलेआज जारी गरेको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गरे। आगामी दिनमा मुलुकमा विकास...
३ प्रदेश प्रमुखले लिए सपथ
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नवनियुक्त ३ प्रदेशका प्रमुखहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सरकारको सिफारिसमा मंगलबार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक...
माओवादी पहिलो दल बन्ने प्रचण्डकाे दावी
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलाे पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए...
१० बुँदे कार्यान्वयनमा समस्या छैन : महासचिव पोखरेल
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ, उनले...
«
1
...
5
...
10
11
12
13
14
15
16
17
18
...
198
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय