बैशाख २८, २०८१, शुक्रबार
               

बारले गर्यो प्रधानन्यायाधीश जबरालाई सर्वोच्चको गेटमै रोक्ने घोषणा : यस्तो छ कडा सुरक्षाको व्यवस्था

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । 

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरी सुरक्षा सतर्कता बढाइएको न्युज कारखानालाई बताए । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो ।

हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइरहेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताए । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ । 

यो पनि