बैशाख १५, २०८१, शनिबार
               

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

नेपाल फ्ल्यास
असोज १०, २०८०

ADVERTISEMENT

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासा गुगेका छन् । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुगेका हुन् । 


तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवम् कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ । गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा निस्केका प्रचण्ड सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डलाई सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि