बैशाख २२, २०८१, शनिबार
               

बेइजिङमा प्रचण्ड

नेपाल फ्ल्यास
असोज ०७, २०८०

ADVERTISEMENT

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ पुगेका छन् । 

प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनमा रहेको नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सम्मेलनको आयोजना गरेका हुन् ।

चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ पुुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन् । 


चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् । 
लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक कुराकानी हुने समेत बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि