बैशाख १५, २०८१, शनिबार
               

मतदाताले देशको सेवामा  समर्पित व्यक्ति छानेर भोट हाल्न थालेका छन्: देउवा

नेपाल फ्ल्यास
असोज ०७, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातका आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । 

आज आइतवार काठमाण्डौमा आयोजित कार्यक्रममा सभापति देउवाले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढिरहेको र मतदाताले विज्ञ, देशको सेवामा  समर्पित व्यक्ति छानेर भोट हाल्ने गरेको बताए । 

उनले भने, ‘अहिले राम्रो कुरा के छ भने जातको आधारमा नभई व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् । जो विज्ञ छ, सेवा गर्छ, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ । यो राम्रो कुरा हो । जनताले जातिभन्दा पनि देशलाई सहयोग गर्नुभएको छ ।’ मतदाताले जातिभन्दा पनि देशलाई सहयोग गरिरहेको उनको भनाइ छ । 


 


कस्तो लाग्यो ?

यो पनि