बैशाख १५, २०८१, शनिबार
               

हिन्दु राष्ट्र महाअभियानमा शशांकको साथ

नेपाल फ्ल्यास
फागुन ०८, २०८०

ADVERTISEMENT

नेपाली कांग्रेस नेता शशांक कोइरालाले सनातन हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ललितपुरमा जारी कांग्रेस महासमिति बैठकमा चलाइएको अभियानमा कांग्रेसका पूर्व महामन्त्री शशांक कोइराला पनि जोडिएका छन् ।

२०६२/६३ को जनआन्दोलनपछि योजनाबद्ध रूपमा नेपाललाई धर्मनिरपेक्ष बनाइएकोमा यतिबेला राष्ट्रिय शक्ति एवं नेताहरू हिन्दु राष्ट्रको पक्षमा उभिन थालेका छन् । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको हो ।  अभियानमा २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेका छन् । हिजो पहिलो दिन सोमबार चार सय जना महासमिति सदस्यले अभियानमा हस्ताक्षर गरेका थिए ।

उनीहरूले यो एजेन्डामा महासमिति बैठकमा छलफलको माग गरेका छन् । 

महासमिति बैठकको उद्घाटनका क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले शासकीय स्वरूपबाहेक अन्य विषयमा संविधान संशोधनको लागि छलफल गर्न प्रस्ताव गरेका थिए ।

संविधान जारी भएको ८ वर्ष भइसकेकोले यसमा देखिएका जटिलता र अस्पष्टताको पहिचान गर्ने बेला भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको भनाइ थियो।

यो पनि