बैशाख १५, २०८१, शनिबार
               

वैद्य र विप्लवसँग कुराकानी भइरहेको छ : प्रचण्ड

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले फेरि पनि प्रतिक्रियावादीहरु आफुलाई नै सिध्याएर माओवादी सक्ने अभियानमा लागेको बताए ।

उनले भने -‘फेरि पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने भनेर लागिरहेका छन् । किनभने प्रचण्ड नसिद्धिदासम्म माओवादी सिद्धिने भएन भन्ने ठानेर घेराबन्दी त्यसरी नै भइरहेका छन् ।’

अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि र प्रचण्ड सिध्याउने षडयन्त्रमा प्रतिक्रान्तिकारीहरुले तारो बनाएकाले ‘बुलेटप्रुफ’ बनेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए । उनले एउटै कालखण्डमा धेरै प्रचण्डहरू बन्न नसक्ने भन्दै प्रचण्ड नेपालको आन्दोलनले जन्माएको बताए ।


कस्तो लाग्यो ?

यो पनि