बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानन्यायाधीशले ८ इजलासमा तोके २२३ मुद्दाको पेसी

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

कानुन व्यवसायीहरूको सर्वोच्च अदालतको मूल गेटमा धर्ना छल्दै अदालत पुगेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आठ वटा इजलास गठन गरेका छन् । आफूलाई भने उनले इजलास तोकेका छैनन् ।

उनले आठ वटा इजलासमा २२३ थान मुद्दाको सुनुवाइ तोकेका छन् ।

त्यसमध्ये सात वटा पूर्ण इजलास छन् । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलास तोकिएको छ । त्यहाँ २३ मुद्दा राखिएको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की र कुमार चुँडाल, मीरा खडका र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँल, डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीका सात वटा संयुक्त इजलास तोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि