प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आजै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो । त्यसमा बारलाई सफलता हात परेन । बारले आज कुनै पनि मुद्दामा बहस नगर्ने भएको छ ।
आजको धर्ना सकिएकोले अब छलफल गरेर नयाँ चरणको आन्दोलनको घोषणा गर्ने बारले जनाएको छ ।