मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

 

काठमाडौं । प्रधानमन्त्री देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका छन् । न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् ।

विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् । विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए । तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए ।

न्यायालयमा देखिएको विवादलाई नजिकबाट नियालिरहेको भन्दै जनता न्याय पाउनबाट बन्चित भएकोमा सरकारको  ध्यानाकर्षण भएको बताएका थिए ।
 

 

                       

यो पनि