बैशाख १६, २०८१, आइतबार
               

एकीकृत समाजवादीको स्थायी समिति बैठक शुक्रबार बस्ने

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ ।

स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि