बैशाख १४, २०८१, शुक्रबार
               

देउवा इतर समूहमा बिग्रह, रामचन्द्रले बोलाएको बैठकमा गएनन् प्रकाशमान

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

सत्तासीन नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा त्यस दलका नेताहरूको सम्बन्ध र समीकरणमा पनि फेरबदल हुन थालेको छ ।

अघिल्लो महाधिवेशनमा रामचन्द्र पौडेलको प्रस्तावक बनेका नेता प्रकाशमान सिंह उनीसँग टाढिएका छन् । आफैँ सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै आएका सिंह आज पौडेलले बोलाएको भेलामा गएका छैनन् । 

नेता पौडेलले आफूपक्षीय केन्द्रीय सदस्यको भेला बत्तीसपुतलीस्थित एक होटेल बोलाएका छन् । पौडेल सभापति देउवासँग नजिकिएको आरोप सिंहले लगाउन थालेका छन् । मन्त्रिपरिषद्को पछिल्लो बिस्तारमा उनको समूहलाई भाग नपुगेपछि उनी पौडेलसँग रुष्ट बनेका थिए ।

यसबाट सभापति शेरबहादुर देउवाको विपक्षमा उभिएको समूह छिन्नभिन्न हुन थालेको देखिएको छ । नेता पौडेलसहित सिंह, शशांक कोइराला र शेखर कोइरालाले सभापतिमा दाबी गर्दै आएका छन् । पहिलेको देउवा समूहका बिमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि