बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानन्यायाधीश पक्षधर आधा दर्जन प्रदर्शनकारी पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालत क्षेत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विपक्षमा मात्र प्रदर्शन भएको छैन । केहीले उनको पक्षमा पनि आन्दोलन गरिरहेका छन् ।

न्यायिक प्रक्रिया अवरूद्ध गर्न नहुने भन्दै गरिएको प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी नेपाल बार एशोसिएसनले धर्ना दिएको थियो । सोही समयमा कानुनी शासनविरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको थिए । 

शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका ६ जनालाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तारा बराल समूहका ६ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् । 


कस्तो लाग्यो ?

यो पनि