बैशाख १९, २०८१, बुधबार
               

ओली समूह र वामदेवमाथि माधव नेपालको यस्ताे व्यंग
'जति बालुवा पेले पनि तेल निस्कँदैन'

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् ।

प्रचण्ड–माधव पक्षधर नेकपा काठमाडौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए ।

नेपालले भने– कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइन, झुक्ने मानिस होइन । उनले भाँच्छन् तर झुक्दैनन् ।

ओली समूहमाथि व्यंग्य

यसैबीच, अध्यक्ष नेपालले मंगलबार पोखरामा भएको भेलालाई लिएर प्रधानमन्त्री ओली समूहमाथि व्यंग्य समेत गरे ।

अध्यक्ष नेपालले पूर्व एमालेमा सबैभन्दा कमजोर ठानिएको गण्डकी प्रदेशमा शानदार रुपमा कार्यक्रम सम्पन्न भएको दावी गरे ।

‘ओली गुटका मानिसहरुले २/३ सय होला नभेका ठाउँमा २ हजार पो रहिएछ’, उनले भने, ‘विशाल उपस्थिति भयो, सम्भवत ओली गुटका मान्छहरु मुर्छित भएका छन् कि पत्तालगाउनु होलारुकोही अस्पतालमा भर्ना हुन जानुभयो कि त्यो पनि पत्ता लगाउनुहोला ।’

उनले आफूहरुले दशैभर जनताबाट अपार समर्थन पाएको दावी गरे। ‘जहाँ गयो त्यही अपार समर्थन पाइन्छ’, उनले भने, ‘जनता, कार्यकर्ता, प्रतिपक्ष, नागरिक समाज, वौद्धिक र प्रवुद्ध समाजका तर्फबाट सहयोग पाएका छौँ ।’


कस्तो लाग्यो ?

यो पनि