बैशाख ०७, २०८१, शुक्रबार
               

प्रचण्डको चेतावनी- 'सूर्य चिन्ह हामीले पाएनौं भने...'
'हामी प्रहसन र कमेडी गर्दैनौँ'

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चुनाव चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन् । 

प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई आज (बुधवार) सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै कयामत हुने बताएका हुन् ।

प्रचण्डले भने, 'निर्वाचन आयोगले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ कयामत आउछ, यो देशमा आँधिहुरी वतास आउँछ ।' 

केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने प्रचण्डले बताए ।

दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको जानकारी प्रचण्डले दिए ।

केपी ओलीप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले ओली निर्घिणी र जोकरका रुपमा प्रस्तुत भएको टिप्पणी गरे । उनले मान्छेलाई भ्रममा पार्ने कला ओलीमा रहेको बताए ।

'हतरपतर पार्टी एकता गरिए थिएन'

यसैबीच अध्यक्ष प्रचण्डले हतरपतर पार्टी एकता गरिएकाले फुट आएको हो कि भन्ने शंका नगर्न आग्रह गरेका छन् ।

प्रचण्डले पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएको दाबी गरे । तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेको भन्दै उनले भने, ‘विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने ?’

'कमेडी शो गर्न आएका होइनौं'

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको समेत बताए । प्रचण्डले आफूहरु कमेडी र प्रहसन गर्दै नहिँडेको बताए ।

उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए । उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीइ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताएका हुन् ।

‘हामी राजनीतिक हिसाबले अप्ठ्यारो अवस्थामा छौँ, ७० वर्षदेखि हामीले जे जति संघर्ष गर्‍यौँ, जनताले बलिदान गरे, ती सबैको उपलब्धि गणतन्त्र घोषण र गणतन्त्रात्मक संविधान निर्माण गर्‍यौँ त्यो अहिले धरापमा छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्न उपस्थित भएको बताए ।

‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ ।’

उनले नेपालका हरेक आन्दोलनमा काठमाडौंको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रतिगमनविरुद्धको आन्दोलनलाई साथ दिन पनि आग्रह गरे । 

यो पनि