चैत १६, २०८०, शुक्रबार
               

'माधव-प्रचण्ड दुबै एक नम्बरका अध्यक्ष, ओली निर्घिनी हुन्'

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको भन्दै निकाल्दै अब ओली नसुध्रने निष्कर्ष निकालेको छ । 

ओली संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मेटाउन उद्यत रहेको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।

प्रचण्डमाधव समूहको काठमाडौ जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड-माधव समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीले अहिले सबैभन्दा ठूलो आफूलाई ठानेकाले आफूबाहेकका अरुलाई नटेरेको आरोप लगाए ।

प्रचण्डले आफू माधवकुमार नेपाल दुबै पहिलो वरियताको र एक नम्बर अध्यक्ष रहेको भन्दै मिल्नेहरुको कुरा बेग्लै हुने बताए । ओली निर्घिनी पात्र रहेकाले उनीसँग कुरा नमिलेको उनले बताए ।

राजनीति गर्ने व्यक्तिमा अलिकति भएपनि लाज हुनुपर्ने भन्दै प्रचण्डले ओलीमा लाज, घिन केही नभएकाले आफूसँग सहकार्य नभएको बताए । 

प्रचण्डले माधव नेपालसँग सौहार्द सम्बन्ध भएकाले आफूहरु अहिले एक भएको बताए ।

यो पनि