बैशाख ०६, २०८१, बिहीबार
               

सडकछाप पार्टीमा को-को जाने हो हेर्न बाँकी छ : माधव नेपाल

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री केपी ओली एक्लिँदै गएको बताएका छन् ।

बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले असंवैधानिक कदमले ओलीलाई एक्लो र निरिह बनाएको बताएका हुन् । उनले देश, जनता, नागरिक समाज सबैतिरबाट आफूहरुलाई समर्थन रहेको बताए ।

‘उहाँ (ओली) सबैतिरबाट एक्लिनुभएको छ । प्रायः तानाशाहहरु यसरी नै एक्लिँदा रहेछन्’, अध्यक्ष नेपालले भने ।

ओलीले माक्र्सवादी आन्दोललाई सिध्याउन खोजेको र लोकतन्त्रको मर्ममाथि प्रहार गरेको बताए । उनले ओली झुटको पुलिन्दा भएको र झुट बोल्न माहिर भएको बताए। उनले ओलीको झुटको एक एक जवाफ दिनुपर्ने बताए ।

उनले ओलीले आफूलाई खेलाडी भएको बताउँदै खेलाएर मान्छेलाई तह लगाउन खोज्ने प्रवृत्ति रहेको बताए ।

‘उहाँ खेलाडी पनि हुनुहुन्छ, चतुर त नभनौँ, उहाँ खेलाएर मान्छेलाई तह लगाउन सक्छु भन्ने ठान्नुहुन्छ’, उनले भने, ‘अहिले हेर्नुहोस् त डम्मरु बजाउँदै टिकट बाँड्दै, केन्द्रीय सदस्य बन्न आउन भनेर टिकट बाँडिरहनुभएको छ ।’

अध्यक्ष नेपालले ओलीले केन्द्रीय सदस्य ५ हजार पुर्‍याउने तयारी गरिरहेको बताउँदै उनले उक्त सडकछाप पार्टीमा को-को जाने हुन् त्यो हेर्न बाँकी रहेको बताए । उनले ओली नेतृत्वको पार्टी सडकछाप नभई धुलोछाप हुने दाबी समेत गरे ।

‘ओलीले नेकपाको केन्द्रीय सदस्य ४४१ बाट बढाएर ५५६ त्यसबाट बढाएर १ हजार ५०१ बनाउनु भएको छ, त्यसबाट पनि बढाएर २५ सय १ बनाउन लागेको म सुन्दै छु’, उनले भने, ‘२५ सय १ ले नपुगे ५ हजारले त कम्तीमा पनि पुग्ला ? उहाँको त्यो सडकछाप पार्टीमा को-को जाने हो हेर्न बाँकी छ ।

उनले ओली समुह परित्याग गर्नेहरु दिनप्रतिदिन बढिरहेको समेत बताए ।


कस्तो लाग्यो ?

यो पनि