बैशाख १६, २०८१, आइतबार
               

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसबाट बेलायतमा थप एक जना नेपालकिो मृत्यु भएको छ । बेलायतको रेडिङ्खस्थित बस्दै आएका ६५ वर्षीय भूपू गोर्खा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान मृत्यु भएको जनाइएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा सैनिक गुरुङको मृत्यु भएको हो ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो एक साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो ।

कास्की जिल्लाको घान्द्रुकमा घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए । ‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा सैनिक गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्षसमेत रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि